उखुबारीमा आगलागी : ७ विघा क्षेत्रफलमा लगाईएको उखु जलेर नष्ट (भिडियो सहित)

उखुबारीमा आगलागी :  ७ विघा क्षेत्रफलमा लगाईएको उखु जलेर नष्ट (भिडियो सहित)

विराटनगर, माघ १
विराटनगर–११ बरमपुरा स्थित उखुबारीमा आगलागी हुँदा ७ विघा क्षेत्रफलमा लगाईएको उखु जलेर नष्ट भएको छ ।मंगलबार दिउँसो करिब १ बजेतिर स्थानीय नागेश कोइरालाको उखुबारीमा अचानक आगलागी भएको थियो ।

आगलागीबाट उखु खेती गरिएको १० विघा मध्ये ८ बिघा क्षेत्रफलमा लगाईएकोे उखु जलेको छ । आगलागी पछि दमकल बोलाईएपनि उखुखेतीमा दमकल जाने बाढो नुहँदा दमकल त्यसै फर्किएको थियो ।

आगो लागेको ठाउँमा दमकल जाने बाटो नहुँदा बढी क्षती भएको कोइरालाले बताए । आगो स्थानियबासी र प्रहरीले २ घण्टा पछि नियन्त्रणमा लिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.