श्रम कार्यालयमा प्रमुख नहुँदा सेवा प्रभावित

श्रम कार्यालयमा प्रमुख नहुँदा सेवा प्रभावित

विराटनगर : श्रम कार्यालय विराटनगरमा केही समययता प्रमुख विहीन बनेको छ । सरुवा विवादले प्रमुखविहीन बनेको श्रम कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ ।

प्रमुख नहुँदा बैदेशिक रोजगारीको श्रम स्वीकृती दिने कार्य पनि अनिश्चित बनेको छ । वैदेशिक रोजगारीको सेवा विकेन्द्रित गर्दै सरकारले सातवटै प्रदेशबाट सेवा दिने गरी तयारी गरेअनुसार पुस १५ गतेबाट विराटनगरबाट बैदेशिक रोजगारीका लागि श्रम स्वीकृती दिने तयारी भएको थियो ।

तर कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलको र निमित्त प्रमुख मणिनाथ गोपको एकैसाथ सरुवा भएपछि श्रम स्वीकृतीको काम सुरु हुन सेकेको छैन ।श्रम कार्यालय विराटनगरका अधिकृत ताम्रराज काफ्लेले कार्यालय प्रमुख नहुँदा समस्या हुने गरेको बताए ।

उनले भने– जिम्मेवारी नभएका कारण आर्थिक र महत्वपुर्ण प्रशासनीय निर्णयहरु हुँदैन ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.