ईलाम, माघ ३
ईलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा भएको आगलागीमा परी ५४ बर्षीया बिष्णुमाया राईको मृत्यु भएको छ ।
माघ १ गते रातीको समयमा सुत्ने कोठामा टुकी बत्ती बालेर सुतिरहेको अवस्थामा टुकी बत्तीबाट अचानक बेडमा आगो सल्कन गई राईको शरीरको बिभिन्न भाग जल्दा गम्भीर घाईते भएकी थिईन् ।
घाईतेलाई उपचारको लागि धरान स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा ल्याईएकोमा उपचारको क्रममा बुधवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।