पानी जहाज चलाउने सरकारको निर्णय, खडा गरियो संरचना

पानी जहाज चलाउने सरकारको निर्णय, खडा गरियो संरचना

काठमाडौं, माघ ३

सरकारले पानी जहाज सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले पानी जहाज सञ्चालनका लागि प्रशासनिक संरचना समेत स्वीकृत गरेको छ । सोही संरचनाको प्रयोग गरेर सरकारले कोशी र नारायणी नदिमा पानी जहाज चलाउने सूचना तथा सञ्चार प्रबिधी मन्त्री तथा सरकारका प्रवक्ता गोँकुल बास्कोटाले बताए ।

सरकारले १६ जना इञ्जिनियरसहितको प्रशासनिक संरचना स्वीकृत गरेको हो । हाल उर्जा तथा जलश्रोत मन्त्रालयले पानी जहाज सञ्चालनका लागि समिति गठन गरेर अध्ययन गराईरहेको छ । भारतीय पक्षसँगको छलफलपछि अन्तिम प्रतिवेदन तयार पार्ने चरणमा पुगेको छ । अध्ययनले पहिलो चरणमा कोशी र नारायणी नदिमा पानी जहाज चलाउन सकिने निष्कर्ष निकालेको छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.