विराटनगर, माघ ४
राष्ट्रियस्तरमा स्वस्थ्य जीवनका बारेमा नयां सन्देश दिने योजनाका साथ विराटनगरमा प्रदेशस्तरीय वृहत योग शिविर आयोजना हुने भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले योगलाई आम जनता माझ पु¥याउने दायित्व अन्तर्गत आगामी माघ १३ देखि १९ गतेसम्म साताव्यापी निशुल्क योगशिविरको आयोजना गर्ने भएको छ ।
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बिषयमा जानकारी गराएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले योगलाई जीवनको अभिन्न अङग वनाउन र स्वास्थ्य जीवनको चेतना र जनजागरण जनतामाझ गराउन शिविर संचालन गर्न लागिएको बताए ।
उनले रोग लाग्नु भन्दा अगाडि नै सचेत भएर योग गरेमा स्वस्थ्य जीवन हुनुका साथ औषधि उपचारमा खर्च हुने रकम वचत हुने भएकोले योग सम्बन्धि सचेतनाकालागि कार्यक्रम गरिन लागेको जानकारी दिए । प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नेे योग शिविरमा पाँच हजार महिला तथा पुरुषले योग गर्ने छन् ।
शिविरमा प्रत्येक दिन प्रदेशका मन्त्रीहरुको उपस्थिति हुनुका साथै पतन्जली योग नेपालका अध्यक्ष लवदेव मिश्र,जगतगरु कृष्णदास जी महाराजले प्रशिक्षण दिनेछन । विराटनगरको शंकरपुरस्थित खाली मैदानमा हुने योग शिविरमा महिला तथा पुरुषका लागि विहान ५ः३० देखि ७ः०० वजेसम्म र अपरान्ह ०१–१५ देखि ०२ः१५ सम्म कक्षा ९ का विद्यार्थीहरुलाई प्रशिक्षण दिइने मन्त्रालयका सचिव तथा कार्यक्रम आयोजनाका सदस्य डाक्टर सरोजप्रसाद विशालले जानकारी दिए ।