३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्रीलाई थुनामै राख्न आदेश

३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्रीलाई थुनामै राख्न आदेश

विराटनगर: उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न अन्तिम आदेश गरेको छ ,नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

बिहीबार उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दै खत्री र डंगोललाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तरिम आदेश गरेको हो ।

संगठित सुन तस्करी र सनम शाक्य हत्या आरोपमा उनीहरूलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.