जसले छाउ बार्दैनन्

जसले छाउ बार्दैनन्

काठमाडौं : सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा। यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन्। कतिको ज्यान नै गएको छ। तर सुदूरपश्चिममै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्।

टीकापुर–४ छेगरखैलाकी हीरा चौधरी ४५ वर्षकी भइन्। १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो। तर, ६ सन्तान जन्माएकी उनले अहिलेसम्म छाउ बारेकी छैनन्। ‘हाम्रो छाउ बार्ने चलन छैन,’ उनी भन्छिन्, ‘महिनावारी भएको बेला दैनिक सरसफाइ गर्छौं, घरको सबै कोठामा जान्छौं, खाना पकाउँछौं।’ थारु समुदायमा छाउको चलन छैन।

टीकापुर–३ घियापुछरीकी ४७ वर्षीया बलरानी चौधरीलाई त छाउ बार्ने चलनबारे थाहा पनि छैन। उनी महिनावारी भएको बेला पूजाकोठामा मात्र जान्नन्। ‘पूजामा जानु हुँदैन, देउताको कोठामा जानु हुँदैन, श्राप लाग्छ भन्ने विश्वास छ। अरु सबै कुरा खुल्ला हो’ उनले भनिन्।,यो समाचार आजको अन्नपूर्णबाट लिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.