रुखको हाँगा काट्ने क्रममा लड्दा १ जनाको मृत्यु,१ जना घाईते

रुखको हाँगा काट्ने क्रममा लड्दा १ जनाको मृत्यु,१ जना घाईते

संखुवासभा, माघ ५

संखुवासभाको चैनपुर नगरपालिका–६ सिम्ले स्थितमा रुखको हाँगा काट्ने क्रममा  लडेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

शुक्रबार बिहान पौने ९ बजेको समयमा सार्वजनिक बरको रुखले समाजमा असर पु¥याएको भनेर बरको हाँगा काट्ने क्रममा हागाँ भाच्चिएर लड्दा सोही स्थानका ४० वर्षीय पासाङ शेर्पा र २८ वर्षीय सन्च कुमार तामाङ घाईते भएका थिए ।

घाईते दुबैजनालाई उपचारको लागि चैनपुर अस्पताल लगिएकोमा उपचार हुन नसकि थप उपचारको लागि सोही दिन धरानको बि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा पासाङ शेर्पाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.