झापा, माघ ५
झापाको अर्जुनधारा नगरपालिका–१० चुथाईमा खुकुरी प्रहार हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान साढे ५ बजेको समयमा सोही स्थान बस्ने ४४ वर्षीय खडानन्द पौडेलले आफ्नो छिमेकी २४ वर्षीया जमुना ओझा र जमुनाकै घरमा सुतेकी निजको छिमेकी २१ वर्षीया विना भारती लाई खुकुरी प्रहार गरेर फरार भएका थिए ।
प्रहरी चौकी शनिश्चरेमाको प्रहरी टोलीले घटनास्थलमा पुगेर दुवै घाईते लाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । साथै खुकुरी प्रहार गर्ने खडानन्द पौडेलको खोजीकार्य गर्दा आज बिहान साढे ८ बजेको समयमा जमुना ओझाको घरदेखि २० मिटर पुर्व तर्फ खुकुरी सहित मृत अवस्थामा फेला परेका थिए ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।