गार्डहरुको बहादुरीका कारण चोरी हुनबाट जोगियो कम्पनी

गार्डहरुको बहादुरीका कारण चोरी हुनबाट जोगियो कम्पनी

वीरगंज, माघ ४

म्याक्स सेक्युरिटी कम्पनीका गार्डहरुले श्री कुष्ण आलयल एण्ड रिफाइन कम्पनीमा ठूलो चोरी हुनवाट जोगाएका छन् ।

विहान ४ वजेको समयमा कम्पनी भित्र चोरी गर्ने उद्देश्यले छिरेका चोरहरुलाई म्याक्स सक्युरिटी कम्पनीका कमाण्डर रामविनेश यादव,साहावुदिन मिया,विवेक पटेल र अखलेश तिवारीको टोलीले कम्पनी भित्रै दुई जना चोरलाई नियन्त्रणमा लिएका थिए ।

नितनपुर चौकमा रहेको सो कम्पनीमा प्रदिप कुशवाहा र राजु कुशवाहालाई गार्डहरुले चोरी गर्ने क्रममा रगेहात पक्राउ गरेको थियो । गार्डहरुको टोलीले उनीहरुलाई नियन्त्रणमा लिए पछि भाग्ने प्रयास गरेको भए पनि गार्डहरुले बहादुरी पूर्वक चोरहररु नियन्त्रणमा लिइ रहे ।

विहान सम्म नियन्त्रणमा राखिइएको चोरहरुलाई उज्यालो भए पछि जितपुर प्रहरीलाई गार्डहरुकै सक्रियतामा बुझाइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.