सार्वजनिक सवारी चालकलाई अनिवार्य पोशाक,सिटी रिक्सादेखि बससम्मका सबैले लगाउनुपर्ने

सार्वजनिक सवारी चालकलाई अनिवार्य पोशाक,सिटी रिक्सादेखि बससम्मका सबैले लगाउनुपर्ने

विराटनगर : प्रदेश १ मा सार्वजनिक सवारी साधनका चालकले अनिवार्य पोशाक लगाउनुपर्ने नियम लागु गरिने भएको छ । प्रदेश १ भरी सार्वजनिक सवारी साधनका चालक र सहचालकले अनिवार्य तोकिएको पोशाक लगाउनुपर्ने नियम लागु गरिने भएको हो ।

दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सिटी रिक्सादेखि बससम्म सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई पोशाक लगाउने ब्यबस्था लागु गर्न लागेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका पमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेलले जानकारी दिए ।

उनले भने–‘माघ महिनाभित्र अनिवार्य लगाउनुपर्ने नियम लागु हुन्छ ।’ उनका अनुसार चालकलाई सुन्तला रङ र सहचालकलाई हरियो रङको ज्याकेट लगाउनुपर्ने नियम लागु गरिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.