एजेन्सी,माघ ६
जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती सम्पन्न खेलमा आर्सनलसँग चेल्सीले हार बेहोरेको छ । चेल्सीले आर्सनलसँग २–० को हार बेहोरेको हो ।
इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोलीलई जिताउन एलेक्ससान्दे्र लाकाजेट्टी र लोरेन्ट कोसाइन्लीले गोल गरे । आर्सनलले दुवै गोल पहिलो हाफमा गर्न सफल हुदा खेलमा दवावमा परेपनि आर्सनलले अग्रता जोगाइराख्न सफल भयो ।
खेलको १४औं मिनेटमा एलेक्ससान्दे्र लाकाजेट्टीको गोलबाट आर्सनलले खेलमा अग्रता बनाएको थियो । उनले हेक्टर बर्लिनको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा लोरेन्टले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । उनले सोक्रेट्सको पासलाई सदुपयोग गरेका थिए । खेलमा २–० ले पछि परेपछि चेल्सीले आर्सनललाई दवावमा राखेपनि गोल गर्न भने असमर्थ रह्यो
चेल्सीमाथिको जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ । आर्सनलको २३ खेलबाट ४४ अंक पुगेको छ । हारपछि पनि चेल्सी ४७ अंक जोडेर चौथो स्थानमा यथावत छ ।
६० अंक जोडेर लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ भने ५३ अंकसहित म्यानचेस्टर सिटी दोस्रो तथा ४८ अंक जोडेर टोटेनहम तेस्रो स्थानमा रहेको छ ।