काठमाडौं : तराईका जिल्लामा पेसेवर रूपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ ।
समाचारको अनुसार केही आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेको सूचना प्राप्त भएको भन्दै प्रदेश २ र ५ मा प्रहरीले गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेबित्तिकै गोली हान्ने रणनीति लिएको हो ।
प्रहरीको रणनीतिक कारबाहीअन्तर्गत पछिल्लो एक सातामा तीनजनामाथि गोली प्रहार भएको छ । एकजनाको मृत्यु र दुई घाइते भएका छन् । सिरहा र बाँकेमा दुईजनालाई खुट्टामा गोली हानेर पक्राउ गरेको छ भने रूपन्देहीमा एकको ज्यान गएको छ ।,आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।