जनकपुरधाम : नेपाल विद्युत प्राधिकरणको लापरर्वाहीले धनुषामा दुई जनाको मृत्यु भएको छ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा ११ हजार भोल्टको नाङ्गो तारले दुई जनाको मृत्यु भएको छ ।,यो खबर आजको राजधानी दैनिकले छापेको छ ।
मृत्य हुनेमा सिरहा घर भई हाल जनकपुरधाममा बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मवाहीका परमेश्वर मण्डल रहेको छ । ज ८ प ७७०९ नम्बरको बुलेट मोटरसाईकलमा गईरहेको वेला उनीहरुलाई करेन्ट लागेको थियो ।
एघार हजार भोल्टको नाङ्गो तार बाटोमा भएकाले माटरसाईकलको लेगार्र्ड त्यसमा छोएपछि एकजनालई करेन्ट लागेको थियो । बचाउँन जाँदा अर्को ब्यक्तिको पनि करेन्ट लागेर मृत्यु भयो ।
नेपाल विद्युत प्राधिकरणको लापरवाहिका कारण यस भन्दा पहिला पनि यस्तो घटना भई सकेको छ ।