तीनवटा सवारी साधन एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु

तीनवटा सवारी साधन एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु

विराटनगर, माघ ६
मोरङको सुन्दर हरैचा नगरपालिका–१० खोर्साने स्थित पूर्ब पश्चिम राजमार्गमा तीनवटा सवारी साधनले एक आपसमा ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजेको समयमा पूर्ब बाट पश्चिम तर्फ जाँदै गरेको बा १५च ४०५० नम्बरको जिप, पश्चिम बाट पूर्ब तर्फ आउदै गरेको को १४ प ९२०५ नम्बरको मोटरसाईकल र सोहि दिशा तर्फ जादै गरेको मे १ ख २६६६ नम्बरको बस एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक सुन्दर हरैचा–१० का १९ बर्षीय आकाश खत्री घाईते भएका थिए ।

उनलाई उपचारको लागी धरानको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा उपचारको क्रममा दिउँसो सवा ४ बजे मृत्यु भएको हो ।

जिप र बसका चालक सहित दुबै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.