काठमाडौँ, माघ ७
वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको सोमबार निधन भएको छ । दम रोगबाट पिडित मुनालको काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनले ‘प्रेमयुद्ध, दिदी बहिनी, मिस्टर डन, सेतो बाघ, लगायतका दर्जन बढी चलचित्र तथा ‘तितो सत्य’ लगायतका टेलिसिरियलमा अभिनय गरेका थिए । उनी अभिनित चलचित्र ‘गोपी’ प्रदर्शनको तयारीमा छ ।
मुनालको पार्थिव शरीरलाई सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । मुनालका एक छोरा छन ।









