‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक(भिडियो)

‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक(भिडियो)

काठमाडौँ, माघ ८
नेपाली चलचित्र ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक विशेष कार्यक्रम बिच सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज र शिल्पा मास्केबिचको प्रेम र झगडालाई देखाइएको छ । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा कथा र पटकथा बिसीकै रहेको छ ।

चलचित्रमा आशिरमान र शिल्पाको अलावा रेमनदास श्रेष्ठ, इच्छा कार्की र सरोज खनालको मुख्य भूमिका रहेको छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको चलचित्रमा सम्पादन सुरेन्द्र पौडेलको रहेको छ ।

फागुन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सो चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रूपमा निर्माण गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.