काठमाडौं, माघ ९
संघिय सरकारले प्रदेश अन्गर्ततका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक समारोहका बिच उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश भित्रका सबै अस्पतालहरु सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् ।
सो अबसरमा मन्त्री यादवले वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेशभित्रका सवै अस्पतालहरु प्रदेश सरकारलाईनै हस्तान्तरण गरिएको बताए । उनले हस्तान्तरण गरिएको प्रदेशहरुले आपूm मातहत आएको अस्पतालहरुको गुणस्तरमा सुधार गरेर देखाउने दावी गरे ।
कार्यक्रममा विभिन्न प्रदेशका सामाजिक विकास मन्त्रीहरुले संघिय सरकारले हस्तान्तरण गरेको अस्पतालहरुलाई गुणस्तरीय बनाउन आवश्यक बजेटसहितका अन्य सहयोग उपलब्ध गराउन पनि संघीय सरकारको ध्यानाकर्षण गराए ।
उनीहरुले प्रदेश भित्रका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुको सरुवा गर्दा प्रदेश सरकारसँग अनिवार्य अनुमति लिने कानुनी व्यवस्था गर्न पनि संघीय सरकारसँग माग गरे । केन्द्र सरकारले जथाभावी कर्मचारी सरुवा गरिदिँदा प्रदेश सरकारलाई कार्यसम्पादन गर्न कठिनाई भईरहेको मन्त्रीहरुको गुनासो थियो ।
कार्यक्रममा सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरुको सहभागीता रहेको थियो । उनीहरुले हस्तान्तरणको प्रक्रिया अघि बढाउँदा ंसंस्थागत सुधारका लागि आवश्यक बजेटको व्यवस्था पनि गरिदिन संघीय सरकारलाई आग्रह गरेका थिए ।