विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा पानी पर्दै,वर्षा अझै केही दिन लम्बिने

विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा पानी पर्दै,वर्षा अझै केही दिन लम्बिने

विराटनगर, माघ ११
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । हिमाली भेगमा बाक्लो हिमपातले गर्दा जनजीवन प्रभावित बनेको छ । आज बिहान पनि विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा हल्का बर्षा भएको छ ।

आज दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदलि भई पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना देखिएको छ ।

त्यस्तै राती पनि पश्चिम र मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ भने हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ ।शनिबार(भोली) र आईतबार पनि अधिकांश स्थानहरुमा सामान्यतया बदलि भई केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ ।

देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्ने र चिसो बढ्नेछ । विराटनगरमा बिहीबार बेलुकाको न्युनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो भने बर्षा २ मिलिलिटर रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.