सिघिंया खोलामा बालिकाको शंकास्पद अवस्थामा शव भेटियो

सिघिंया खोलामा बालिकाको शंकास्पद अवस्थामा शव भेटियो

विराटनगर, माघ १३
विराटनगर महानगरपालिका ८ स्थित सिघिंयाखोलामा एक बालिकाको शंकास्पद अवस्थामा शव भेटिएको छ । आइतबार स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खोला नजिकै रहेको बस्तीकी ती बालिका शनिबार रातिदेखि घरबाट हराएकी थिइन् । शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् ।

बुबा रामप्रसाद दासका अनुसार टीभी हेरेर घर फर्किदा छोरी घरमा थिइनन् । साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए ।

आइतबार विहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा शव भेटेको हो । शव पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । स्थानीयले भने बालिकाको हत्या भएको हुन सक्ने आशंका गरेका छन । प्रहरीले घटनाका विषयमा अनुशन्धान सुरु गरेको जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.