प्रधानमन्त्री ओलीद्वारा क्रिकेटर पौडेललाई बधाई

प्रधानमन्त्री ओलीद्वारा क्रिकेटर पौडेललाई बधाई

काठमाडौँ, माघ १३

प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिएका छन् ।  प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको उल्लेख गरेका छन् । रोहितले शनिबार युएईविरुद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए ।

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका थिए । १५ वर्षको उमेरमा एक दिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले भारतीय पूर्व खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई भङ्ग गरेका हुन् ।

यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एक दिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.