बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो

बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो

विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो ।

शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन् ।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.