माउन्टेन फ्लाइट बन्द

माउन्टेन फ्लाइट बन्द

विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाइट बन्द भएको छ । प्रत्येक साताको शनिबार हुँदै आएको माउन्टेन फ्लाइट मौसमको कारण देखाउँदै १५ दिनअघि बन्द गरिएको हो ।

विराटनगरका पर्यटन तथा होटल ब्यबसायीहरुले ‘विराट होलिडेज् ’ नामबाट साताको प्रत्येक शनिबार प्रर्यटन प्रवद्धनका लागि भन्दै माउण्टेन फ्लाईट गर्दै आएको थियो । मंसिरको पहिलो शनिबारदेखि माउण्टेन सुरु भएको थियो । चार वटा उडान भएपछि पुसदेखि खराब मौसमको कारण देखाउँदै उडान बन्द गरिएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.