विराटनगर, माघ १४
मोरङको सुन्दर हरैचामा नगरपालिका स्थित विराटचौकमा स्थानीय एक बालिकाको ट्रिपरको ठक्करबाट मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयले एक दर्जन ट्रिपरमा आगजनी गरेका छन ।
आज विहान बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट सुन्दरहरैचा ९ विराटचौंक शान्तिटोलकी लक्ष्मी ढकालको मृत्यू भएपछि स्थानीय आक्रोशित बनेका हुन ।

आक्रोशित स्थानीयले हालसम्ममा ११ वटा ट्रिपरमा आगजनी गरेका हुन । मृतक वालिका ईन्द्रपुर ई स्कुल सुन्दरहरैको कक्षा ३ मा अध्ययनरत थिईन । स्थिती नियन्त्रणबाहिर गएपछि अहिले दजनौ प्रहरी परिचालन गरिएको छ ।