नेपाल र यूएईबीचको निर्णायक खेल जारी, नेपाल फिल्डिङमा

नेपाल र यूएईबीचको निर्णायक खेल जारी, नेपाल फिल्डिङमा

एजेन्सी, माघ १४
नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । अहिले यूएईले ब्याटिङ गरिरहेको छ । आज नेपाली टोलीमा एक सदस्य परिर्वतन भएको छ । टिममा सन्दीप जोरा आएका छन् ।

उनको सिरियर टिममा डेब्यू म्याच हो । पवन सरार्फलाई ड्रप गरिएको छ । उनले सुरुवाती दुई खेलमा मौका पाएका थिए । ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएपछि नेपाल पहिलो शृंखला जित्ने लक्ष्यसहित युएई पुगेको हो । नेदरल्याण्ड्सविरुद्धको सिरिज बराबरीमा चित्त बुझाएको नेपाललाई आज नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ । दोस्रो सिरिज जित्नका लागि आज यूएईविरुद्ध जित निकाल्न आवश्यक छ ।

पहिलो एक दिवसीय क्रिकेटमा ३ विकेटको हार ब्यहोरेको नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा १४५ रनको जित निकाल्दै श्रृंखलामा उत्कृष्ट पुनरागमन गरेको थियो ।कप्तान पारस खड्काले दोश्रो खेलबाट टोली उत्साहित भएको र त्यही लयलाई कायम राख्न सके सिरिज जित्ने विश्वास व्यक्त गरेका छन् । घरेलु भूमिमा भएको शृंखला जित्न यूएईले पनि सक्दो मेहनत गर्ने भएकाले नेपाली टोलीले पनि त्यसै अनुसार राम्रो प्रदर्शन गर्न सक्नुपर्ने कप्तान खड्काको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.