विराटनगर,माघ १४
मोरङको सुन्दर हरैंचामा नगरपालिका स्थित विराटचौकमा ट्रिपरको ठक्करबाट मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिन नसक्दा प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

तर निषेधाज्ञा लगाईएपनि त्यसको अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन् । आज विहान बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट सुन्दरहरैचा ९ विराटचौंक शान्तिटोलकी लक्ष्मी ढकालको मृत्यू भएपछि स्थानीय आक्रोशित बनेका हुन ।

आक्रोशित स्थानीयले एक दर्जन ट्रिपर जलाईसकेका छन् । घटनास्थल सुन्दरहरैंचाको सिसौंघारी क्षेत्रमा सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरिएको भए पनि स्थानीयले सडकमा प्रदर्शन जारी राखेका छन् । मृतक वालिका ईन्द्रपुर ई स्कुल सुन्दरहरैको कक्षा ३ मा अध्ययनरत थिईन ।
