आज तापक्रम कम हुँदा बढी चिसो महसुस, यो साता वर्षा र हिमपातको सम्भावना

आज तापक्रम कम हुँदा बढी चिसो महसुस, यो साता वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ,माघ १४

आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मङ्गलबारसम्म मौसममा केही सुधार देखिएपनि बुधबारदेखि यो साताभरि मौसममा आंशिक बदली भइरहने र हल्का वर्षा तथा हिमपातको सम्भावना छ । पश्चिमी वायुको प्रभावले आज पहाडी भेगहरूमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।मङ्गलबार देशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको संभावना छ ।

राति भने देशभरि नै मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै बुधवार देशका पश्चिमी क्षेत्रमा आंशिक बदली रही हल्का वर्षा र हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.