पहिलोपटक निगमका १० जहाज एकैपटक ग्राउन्डेड

पहिलोपटक निगमका १० जहाज एकैपटक ग्राउन्डेड

काठमाडौँ :  नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना÷मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् ।

स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ‘ग्राउन्डेड’ भएको सम्भवतः पहिलो पटक हो । ‘यत्रो संख्यामा विमान ग्राउन्डेड भएको यसअघि कहिल्यै सुनिएको थिएन’, निमगका एक पुराना प्राविधिकले भने ।

२२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा मात्रै गर्यो । निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौँ–दाङ–काठमाडौँ उडान गरेको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.