एजेन्सी,माघ १७
युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज युएईसँग पहिलो टि–२० खेल खेल्दैछ । एक दिवशीय सिरिज २–१ ले जितेको नेपालले टि–२० सिरिज पनि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।
खेल दिउँसो पौने तीन बजे हुनेछ । टि–२० का लागि नेपाली टिममा केही परिवर्तन हुन सक्ने प्रशिक्षक जगत टमाटाले बताएका छन् । एक दिवशीय सिरिजका लागि टिममा नपरेका प्रदीप ऐरी टि–२० का लागि भने टिममा पर्न सक्नेछन् ।खेलमा खड्काले ओपनिङ गर्ने सम्भावना छ ।
पछिल्लो समय घरेल क्रिकेटमा यथेष्ट टि–२० म्याच खेलेका कारण नेपाली टिममा आत्मविश्वास बढेको कप्तान पारस खड्काले बचाए । युएईविरुद्धको खेलमा सन्दिप लामिछाने महत्वपूर्ण हुनेछन् । पछिल्लो एक वर्ष विश्व क्रिकेटमा देखाएको प्रदर्शनका कारण सन्दिप युएई ब्याटिङ पंक्तिको तगारो बन्न सक्नेछन् ।