मोरङ जिल्लास्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता हुने

मोरङ जिल्लास्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता हुने

विराटनगर, माघ १७
मोरङ जिल्लास्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता हुनेभएको छ । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा प्रतियोगिता हुने भएको हो ।

जिल्लाका ८ वटा टिमको सहभागिता रहने मोरङ जिल्ला क्रिकेट संघ अध्यक्ष सुनिल पौडेलले जानकारी दिए । करिव साढें ५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा १५ खेल खेलाईने छ ।

लिग चरणमा खेलाईने एक दिवसीय प्रतियोगितामा गुराँस पुस्तकालय, पुर्वान्चल क्रिकेट एकेडेमी, होराईजन क्रिकेट क्लव, बिराट क्रिकेट सोसाईटी, एग्रोभेट क्रिकेट क्लव, इन्द्रेणी क्रिकेट क्लव, बिनायक क्रिकेट क्लव र एम सि सि क्रिकेट क्लवको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.