यूएईले नेपाललाई दियो १५४ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १५४ रनको लक्ष्य

एजेन्सी, माघ १७
युएई भ्रमणमा रहेको नेपाललाई पहिलो टी–२० म्याचमा यूएईले १५४ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गरे । ३८ बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मलतमा ५९ रन बनाए । मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रनमा आउट भए । मोहम्मद बुटाले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई–दुई विकेट तथा  सोमपाल कामी र अभिनाश बोहोराले एक–एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.