विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

काठमाडौं : चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ।, नागरिक दैनिकमा खबर छापिएको छ ।

मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधनान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई सुझाव दिएको हो।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले आयातित वस्तुले अर्थतन्त्रमा पारेको असरबारे विश्लेषण गरेर सरकारलाई आयातमा परिमाणात्मक बन्देज लगाउन सुझाव दिएको जानकारी दिए।

‘कुन वस्तुको आयात कति मात्रामा बढेको छ। र त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ भन्ने विस्तृत विवरण सरकारलाई दिएका छौं,’ भट्टले भने, ‘सरकारले थप हेरेर अनावश्यक र विलासी वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सक्नेछ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.