अख्तियारले सरकारलाई भन्यो–‘भ्रष्टाचार र ढिलाइ अक्षम्य’

अख्तियारले सरकारलाई भन्यो–‘भ्रष्टाचार र ढिलाइ अक्षम्य’

काठमाडौँ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरूको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार क्षम्य हुन नसक्ने बताए ।, कान्तिपुर दैनिकमा खबर छापिएको छ।

उनले सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा अख्तियारले गरेको अध्ययनबाट सरकारी विकास–निर्माण कार्यको अवस्था भयावह पाइएको जानकारी गराए ।

उनले १ हजार ८ सय ४८ आयोजनाको निर्माण समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेको र २३ अर्ब रुपैयाँभन्दा बढी सरकारी रकम पेस्की लिएर ठेकेदारले दुरुपयोग गरिरहेको उल्लेख गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.