वीरगंज महानगरको चौथो नगर सभा सुरु : तीन प्रस्ताव पारित,छपकैया पोखरीलाई सार्वजनिक गर्न राष्ट्रपति समक्ष अनुरोध गरिने

वीरगंज महानगरको चौथो नगर सभा सुरु : तीन प्रस्ताव पारित,छपकैया पोखरीलाई सार्वजनिक गर्न राष्ट्रपति समक्ष अनुरोध गरिने

वीरगंज, माघ २२
वीरगंज महानगरपालिकाको चौथो नगर सभा आज देखि वीरगंजस्थित नगर सभागृह टाउन हलमा शुरु भएको छ ।नगर सभाको उद्घाटन मेयर विजकुमार सरावगी तथा उपमेयर शान्ति कार्कीले संयुक्त रुपमा गरे । महानगरका मेयर विजयकुमार सरावगीले उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुलुक संघीयताको प्रसव पीडाबाट गुज्रिरहेको कारण केही चूनौती रहेतापनि महानगरले महानगरको विकास तथा जनताको सहज सुविधाको लागि प्रतिबद्ध रहेको बताए ।

उनले महानगरले सञ्चालनमा ल्याएको कार्यक्रम तथा योजनाहरुलाई तदारुपताको साथ लागु गर्दै महानगरलाई सफा,स्वच्छ,हराभरा तथा विकसित महानगर बनाउने योजना अनुरुपनै महानगर अघि बढिरहेको चर्चा गरे ।संघीय सरकारले कर्मचारी समायोजनको प्रकृयाको विषयमा बोल्दै उनले महानगरका कर्मचारीहरुको वृत्तिविकासको लागि महानगरबाट गरिने सबै पहलहरु गर्न जानकारी गराए । उनले नगरसभामा नपसहरुले गरेको विरोधको शैली बारे दुःख व्यक्त गर्दै कुनै पनि माग तथा प्रस्तवालाई राजनीतिक रुप नदिन पनि चेतावनी दिए ।उनले जायज माग माथि छलफल गर्न र पुरा गर्न आफु तयार रहेको तर गलत र कानुन विपरित मागहरुको विषयमा आफु कसैसंग नझुक्ने स्पष्ट पारे ।नपसहरुले उठाएको बुँदामा वार्ता कमिटि गठन गरी समस्या समाधान गरिने बताए ।

????????????????????????????????????

वीरगंजकी उपमेयर शान्ति कार्कीले नपसहरुले उठाएको माग बारे महानगर गम्भीर भइ सम्बोधन गर्नु पर्ने विचार राखिन् ।उनले नपसहरु महानगरको परिवार नै भएकोले छुटेको तथा कमी कमजोरी भएको विषय बारे छलफल गर्दै जायज कुरालाई सम्बोधन गर्नु पर्ने धारणा राखिन् । प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भूषालले नगर सभाको सफलताको कामना गर्दै तथा महानगरको विनियोजित बजेटको समिक्षा गर्दै यस नगर सभामा पेश गरिने एजेण्डाहरुको बारेमा प्रकाश पारेका थिए ।

महानगरपालिकाका उपसचिव शिवप्रसाद लम्सालले सञ्चालन गरेको बन्द सत्रमा तीन वटा प्रस्ताव पारित भएको छ ।सभाले पारित गरेको तीन वटा प्रस्तावमा छपकैया पोखरीको जग्गालाई सार्वजनिकीकरण गर्न राष्ट्रपति कार्यालयलाई लेखी पठाई पहल गर्ने,चालू आर्थिक वर्षमा माघदेखि व्यवसाय कर , एकीकृत सम्पत्ति करमा लाग्ने जरिवना चैत सम्म नलाग्ने र चालु आर्थिक वर्षको पूँजीगतको केही शिर्षकको रकम रकमान्त गर्ने प्रस्ताव बहुमतले पारित भएको वीरगंज महानगरले जनाएको छ ।

सभामा उपस्थित गण पुरुक सदस्यहरुको बहुमतले उक्त तीन प्रस्ताव पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत भूषालले जानकारी गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.