काठमाडौँ, माघ २२
सरकारले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।
मंगलबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिइरहेको पनि स्पष्ट पारे । मन्त्री विश्वकर्माले नयाँ पुस्तालाई पनि खेलकुद क्षेत्रमा आकर्षित गर्ने गरी खेलकुद क्षेत्रको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
सरकारले खेलकुद क्षेत्रको विकासबाट पनि देशलाई समृद्ध बनाउन चाहेको पनि दोर्होयाएका छन । मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा आभार पनि व्यक्त गरे ।