प्रदेश राजधानीबारे बोल्यो सरकार

प्रदेश राजधानीबारे बोल्यो सरकार

काठमाडौं– सरकारले प्रदेशको राजधानी नतोकिएको जनाएको छ । मंगलबारका केही संचारमाध्यमले सरकारले प्रदेशको राजधानी तोकिसकेको भनेर समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको भन्दै संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका प्रवक्ता हरिप्रसाद पन्थीले त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.