हुम्लामा हिमपातका कारण जनजीवन प्रभावित (फोटो फिचर)

हुम्लामा हिमपातका कारण जनजीवन प्रभावित (फोटो फिचर)

हुम्ला, माघ २४
बिहीबार रातिदेखि भएको भारी हिमपातले हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातकाकारण स्थानीयले घरबाहिर निस्कन सकेका छैनन् । सिमकोटमा एक फिट भन्दाबढी हिउँ जमेको र तापक्रम माइनसमा झरेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले बताए ।

गएराति देखि परेको हिमपातले हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्ला, साँफेबगर लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको प्रमुख जिल्ला अधिकारी ढुगानाले बताए । हिमपातले चिसो बढे सँगै सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले सेवाग्राहीलाई सेवा दिन समस्या भएको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताए ।

एक सात अघिको हिउँ पग्लन नपाउँदै बिहीबार रातीबाट पुनः हिमपात शुरु भएपछि सिमकोटका होटल व्यवसायी र स्थानिय बासिन्दालाई समस्या बनाएको छ । उता ग्रामिण भेगका किसानहरुलाई भने हिमपातले उत्साहित बनाएको छ । हिमपातले धाराबाट पानी ल्याउन समेत कठिन भएको सिमकोट २ कागोरसिंह बोहराले बताए ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ दिनको हिमपातले गाईवस्तु, याकचौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी ढुंगानाले यहाँका स्थानियलाई सतर्क रहन सबैलाई आग्रह समेत गर्नु भएको छ । पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेह गरेकाले पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुँदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.