नेविसंघको कार्यसमिति भंग गर्ने कांग्रेसको निर्णय

नेविसंघको कार्यसमिति भंग गर्ने कांग्रेसको निर्णय

काठमाडौँ, माघ १९
नेपाली कांग्रेसले विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो ।

यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ । यसअघि नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा गरेका थिए भने केही समय अघि ७ जना पदाधिकारीले राजीनामा दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.