पोखरा : पोखरामा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीबाट घाँटी रेटी हत्या भएको छ । उनको पर्वतका वेनिका काले भनिने २१ वर्षीय कुमार गर्बुजाले हत्या गरेका हुन् । उनीहरु एक अर्कामा मिल्ने साथीको भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिएका छन् ।
उनीहरुबीच केटीको विषयमा झगडा हुँदा कुमारले घाँटी रेटी हत्या साथीको हत्या गरेका हुन् । डल्ली भनिने सुनिता गुरुङ र सचिन बोल्ने क्रममा विवाह गर्ने कुरा सुनेपछि आफ्नो गर्लफ्रेण्डलाई विवाह गर्न लागेको कुरामा विवाद हुँदा सचिनले पहिला कुमारको खुट्टामा चक्कु प्रहार गरेको रानाले जानकारी दिएका छन् ।
सोही चक्कुले पछि सचिनलाई घोप्टो पारी हत्या गरेको कुमारले बताएका छन् । सचिनको हत्या आफूले गरेको उनले स्वीकारेका छन् । उनले सचिनको पेट र ढाडमा समेत प्रहार गरेको थिए ।,यो खबर नेपाल समाचारपत्रले लेखेको छ ।