विराटनगर,फागुन २
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बितेको एक वर्षमा प्रदेश सरकारले उपलव्धीमुलक काम गरेको बताएका छन् । प्रदेश सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्र्यालयले गरेको एक वर्षे कामको सार्वजनिक गर्न विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले शुन्य बाट गुन्द्रि र पिरामा बसेर काम शूरु गरेको प्रदेश सरकार विकास निमार्णका दर्जनौ जनमुखि काम गरेको उल्लेख गरे ।
उनले सरकारको जनमुखिका कामका कारण प्रदेश सरकारप्रति जनताको आस्था एवम् भरोसा बढेको दाबी गरे । उनले प्रदेश सरकार गठनपछिको ६ महिना कर्मचारी समायोजन तथा कार्यालय व्यवस्थापनमा खर्च भएको भन्दै अब प्रदेश सरकारले कामको गति लिई सकेको र बजेट तथा निती कार्यक्रम कार्यान्वयन भइरहेको बताए ।
कृषिलाई आधुनिकीकरण तथा व्यावसायिक कृषिको विकास , विमानस्थलको स्तरउन्नती तथा विराटनगरबाट प्रदेश १ का सबै विमानस्थालमा उडान सेवा संचालन गर्न काम अघि बढाईको उनले बताए । विराटनगर विमानस्थालाई अन्तराष्ट्रिय विमानस्थलमा स्तरउन्नती गर्ने तथा ,निजिक्षेत्रसंग सहकार्य गरी सप्तकोशी नदीमा जल यातायाता संचालनमा ल्याएको उनले जानकारी दिए ।
मुख्यमन्त्री राईले जनतालाई सुरक्षाको अनुभुति प्रदान गर्न प्रदेशका १० लाख भन्दा बढी घरधुरीमा प्रदेश सरकारले स्टिकर टास गर्नुका साथै तराई, भित्रि मधेश तथा पहाडका एक-एक गाउँपालिकामा प्रहरी भेन , एम्बुलेन्स प्रदान गर्नुका साथै प्रदेशमा ४९ वटा नयाँ प्रहरी चौकी निमार्णका लागी पहल अघि बढाएको बताए ।
पत्रकार सम्मेलनमा मुख्यमंत्री राईले ३० बुँदे सरकारको उपलव्धि र्सावजनिक गरेका थिए । गतवर्षको फागुन २ गते मुख्य मंत्री राईको नेतृत्वमा प्रदेश न १ मा पाँच सदस्यि मन्त्री मण्डल गठन भएको थियो ।