विराटनगर, फगुन २
गृहमन्त्री रामबहादुर थापाले आगामी बर्षमा शान्ति सुब्यवस्था र बिकासका थप सुदृढ योजनाहरु ल्याउने बताएका छन् । विराटनगरमा बिहीबार विहान सञ्चारकर्मीसंग कुराकानी गदै उनले वर्तमान सरकार मुख्य कार्यभार अनुसार नै स्पष्ट लक्ष्य सहित अघि बढेको पनि बताए ।
उनले सरकारको पहिलो कार्यभार शान्ति र सुब्यवस्था सुदृढ गर्ने र दोश्रो विकास र समृद्धिको अभियानलाई अगाडि बढाउने रहेको बताउदै सोहि अनुसार सरकारले काम गरिरहेको बताए ।
नेकपाका नेता समेत रहेका गृहमन्त्री थापाले दुइ पार्टीबीचको एकता प्रक्रियाका बांकी कामहरु लम्बिएकोमा बिरोधीहरु खुशी भइरहेको बताउदै त्यस्तो अवस्था अब छिट्टै अन्त हुने बताए ।
उनले एकता प्रक्रियाका बांकी कामहरु फागुन महिनाभित्रै पुरा हुने दाबी समेत गरे । सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले सिण्डीकेटलाई कानुनीरुपमै हटाइसकिएको बताउदै अब फेरी सिण्डिकेट फर्किएर आउने सम्भावना नरहेको बताए । सिण्डीकेटसँग सम्बन्धित नयां कानुनहरु बन्ने क्रममा रहेको पनि उनले जानकारी दिए ।