कञ्चनपुर,फागुन २
कञ्चनपुरको पुनर्वास नगरपालिका -२ बाट १८ केजी सुन बरामद भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका अन्तर्गत दशरथ बस्तीस्थित भरत बिकको घरबाट बरामद गरेको हो ।
बिकको घरबाट अलग अलग १०८ वटा सुनका टुक्रा बरामद भएको छ । प्रहरीले सुन बरामद भएको पुष्टि गरे पनि त्यससँगै पक्राउ परेका व्यक्तिहरुबारे केही पनि खुलाएको छैन ।
सीआइबीका एसपी सुदीप गिरीले भने ‘हामी अहिले अनुसन्धानका क्रममा छौँ’, गिरीले भने, ‘विस्तृत अनुसन्धानपछि यसको विवरण सार्वजनिक गर्छौँ ।’प्रहरीले सुनसँगै एकजनालाई पक्राउ गरे पनि उनको नाम खुलाएको छैन ।
पुनर्वासमा अवैध सुन आइपुगेको सूचना पाएपछि सीआइबीका एसपी सुदीप गिरीसिहतको टोली त्यहाँ पुगेको थियो ।