प्रदेश १ सरकारको एक वर्ष पूरा, ६ महिना कर्मचारी र कार्यालय व्यवस्थापनमै बित्यो

प्रदेश १ सरकारको एक वर्ष पूरा, ६ महिना कर्मचारी र कार्यालय व्यवस्थापनमै बित्यो

विराटनगर, फागुन २
मुख्यमन्त्री शेरधन राईले वितेको एक वर्षमा प्रदेश सरकारले उपलव्धिमुलक काम गरेको वताएका छन् । प्रदेश सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्र्यालयले गरेको एकवर्षे काम सार्वजनिक गर्न विराटनगरमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले शुन्यबाट काम सुरु गरेको प्रदेश सरकारले विकास निमार्णका दर्जनौ जनमुखी काम गरेको उल्लेख गरे ।

उनले सरकारको जनमुखीका कामका कारण प्रदेश सरकार प्रति जनताको आस्था एंव भरोसा वढेको दावी गरे । उनले प्रदेश सरकार गठनपछिको ६ महिना कर्मचारी समायोजन तथा कार्यालय व्यवस्थापनमा खर्च भएको भन्दै अब प्रदेश सरकारले कामको गति लिई सकेको र वजेट तथा निति कार्यक्रम कार्यान्वयन भइरहेको बताए । कृषिलाई आधुनिकिकरण तथा व्यावसायिक कृषिको विकास , विमानस्थलको स्तरउन्नती तथा विराटनगरबाट प्रदेश १ का सवै विमानस्थालमा उडान सेवा संचालन गर्न काम अघि वढाईको उनले बताए ।

विराटनगर विमानस्थलालाई अन्तराष्ट्रिय विमानस्थलमा स्तर उन्नती गर्ने तथा निजि क्षेत्रसंग सहकार्य गरी सप्तकोशी नदीमा जल यातायात संचालनमा ल्याएको उनले जानकारी दिए । मुख्यमंत्री राईले जनतालाई सुरक्षाको अनुभूति प्रदानगर्न प्रदेशका १० लाख भन्दा वढि घरधुरीमा प्रदेश सरकारले स्टिकर टासगर्नुका साथै तराई, भित्रि मधेश तथा पहाडका एक,एक गाँउपालिकामा प्रहरी भेन, एम्वुलेन्स प्रदान गर्नुका साथै प्रदेशमा ४९ वटा नयाँ प्रहरी चौकी निमार्णका लागि पहल अघि वढाएको वताए । पत्रकार सम्मेलनमा मुख्यमंत्री राईले ३० बँुदे सरकारको उपलव्धि र्सावजनिक गर्नु भएको थियो । गतवर्षको फागुन २ गते मुख्यमन्त्री राईको नेतृत्वमा प्रदेश न १ मा पाँच सदस्यीय मंत्रीमण्डल गठन भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.