आदिवासीमा सुचिकृत गर्न विराट राजवंशीले खबरदारी गर्ने

आदिवासीमा सुचिकृत गर्न विराट राजवंशीले खबरदारी गर्ने

विराटनगर, फागुन ३
विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले शुक्रबार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी सो बिषयमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विराट राजवंशी समाज उत्थान समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीले आफुहरुको पहिचान अन्य राजवंशीभन्दा पृथक र मौलिक रहेपनि राज्यले हालसम्म सुचिकृत नगरेको जानकारी दिए ।

उनले आफुहरुले विराट राजवंशीलाई समेत आदिवासीमा सुचिकृतगर्न १ दशक भन्दा बढी समयदेखि माग गर्दै आएपनि सुनवाई नभएको गुनासो गरे । समितिका मोरङ अध्यक्ष प्रदिपकुमार विश्वास राजवंशीले विराट राजवंशीहरु शान्तिप्रिय समुदाय रहेकाले शान्तिपूर्ण ढंगले आफ्ना माग सम्बोधन गराउने पक्षमा रहेको बताए ।

समितिले विभिन्न ७ बुंदे माग सहित बृहत भेला र खबरदारीस्वरुप मोटरसाइकल ¥याली गर्न लागेको जनाइएको छ । कार्यक्रम अनुसार फागुन ४ गते मोटरसाइकल ¥याली र फागुन ६ गते बृहत भेला आयोजना गरिने समितिले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.