भव्यरुपमा विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै प्रदेश सरकार

भव्यरुपमा विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै प्रदेश सरकार

विराटनगर,फागुन ६
प्रदेश–१ सरकारले प्रजातन्त्र दिवसलाई तीन दिनसम्म मनाउने भएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अध्यक्षतामा आईतबार बसेको बैठकले सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवश मनाउनकै लागि मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ ।

कार्कीले प्रजातन्त्र दिवस मनाउन प्राप्त साधन र स्रोतको उच्चतम प्रयोग गरिने बताएका छन् । उनका अनुसार समितिले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.