सैनिक कानुन, सेनापतिले मात्र जानून् : निकटस्थलाई सिफारिस गर्न चार महिनासम्म बढुवा अवरुद्ध

सैनिक कानुन, सेनापतिले मात्र जानून् : निकटस्थलाई सिफारिस गर्न चार महिनासम्म बढुवा अवरुद्ध

काठमाडाैं : पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा खाली भएको रथी पद १५ दिनभित्र पूर्ति गर्नुपर्नेमा थापा चार महिनासम्म मौन बसे । वरीयताक्रममा रहेका उपरथीहरू अनुज बस्न्यात र शेखरसिंह बस्न्यात यो अवधिमै अवकाशमा गए । तेस्रो वरीयतामा रहेका देव सुवेदीको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउँदै राजीनामा दिन चेतावनी दिए ।

सुवेदीले समेत एक महिनापछि लागू हुने गरी राजीनामा दिएर बिदामा गएपछि शरदकुमार गिरी स्वतः रथी बने । यही नै प्रधानसेनापतिको योजना थियो । चार महिनासम्म बढुवा सिफारिस नगरेर ऐन मिचियो । अर्कोतिर, देव सुवेदीको प्रमाणपत्र नै नक्कली हो भने उनले राजीनामा दिएर मात्रै किन उन्मुक्ति पाए ? उपरथीसम्म उनले पाएको सुविधा र भोगेको हैसियतको जिम्मेवारी कसले लिने ? प्रश्न अनुत्तरित छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.