विराटनगरको हाटखोला मैदानमा महालक्ष्मी महायज्ञ हुने

विराटनगरको हाटखोला मैदानमा महालक्ष्मी महायज्ञ हुने

विराटनगर, फागुन ६
यही फागुन १२ गतेदेखि विराटनगरको हाटखोला मैदानमा महालक्ष्मी महायज्ञ हुने भएकोछ ।शिवशक्ति कल्याणी केन्द्र शाखा कार्यालय विराटनगरको आयोजनामा पूर्वाञ्चलमै पहिलो पटक महालक्ष्मी महायज्ञको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

महालक्ष्मीको मन्दिर निर्माणका लागि महायज्ञ गरिन लागेको महायज्ञ समितिकी मिना खड्काले जानकारी दिइन् । महायज्ञ संचालन गर्न ६ लाख लाग्ने बताइएको छ । अहिलेसम्म १ लाखको हाराहारीमा रकम संकलन भएको र बाँकी संकलन भएको रकम खर्च कटाएर मन्दिर निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । कृष्णप्रसाद गुरागार्इंको मुखराबृन्दबाट कथा बाचन गरिने छ भने माता कल्याणीको पनि सहभागीता रहने कार्यक्रममा जानकारी दिइएको थियो ।

फागुन १२ गते सोमबार विराटनगर सिंगिया खोलाबाट जलभरि विराटनगर बजार परिक्रमा गर्दे हाटखोला पूरानो हटिया लाग्ने ठाँउमा कलश स्थापना गरिनेछ । कथा बाचन बिहान १० बजेदेखि ३ बजेसम्म र ३ बजेदेखि माता कल्याणीको बाचन गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.