चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक,अस्ट्रेलिया जान नक्कली बिहे (भिडियो)

चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक,अस्ट्रेलिया जान नक्कली बिहे (भिडियो)

काठमाडौँ, फागुन ८
चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चैत ८ गतेबाट प्रदर्शनमा आउनलागेको सो चलचित्रलाई अपिल विष्टले निर्देशन गरेका हुन् । ‘कागजपत्र’को ट्रेलरमा पछिल्लो समय बढ्दै गइरहेको अस्ट्रेलिया मोहको कथालाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा अस्ट्रेलिया जानको लागी गरिएको नक्कली बिहे देखि उमेरको अन्तर लगायतको कुरालाई देखाइएको छ । चलचित्रमा अभिनेता नाजिर हुसेन एक जग्गा दलालीको भूमिकामा देखिएका छन् भने नायिका शिल्पा मास्के र कलाकार भोला सापकोटा विदेश जानको लागी नक्कली विवाह गरेको देखाइको छ । चलचित्रमा नाजिर, शिल्पा र भोलाको साथमा सरिता गिरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको सो चलचित्रको कार्यकारी निर्माता नीरज सिंह विष्ट हुन् । यसका कार्यकारी निर्माता नीरज सिंह विष्ट हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायाङ्कन, वसन्त सापकोटा, सङ्गीत सापकोटा, हर्कुलस बस्नेतको सङ्गीत छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.