विराटनगर : संघीय सरकारको समन्वय र अमेरिकी जलसेनाको कमाण्डको सहयोगमा विराटनगर– ४ खार्जीमा निर्माण गरिएको सुरक्षा बास बुधबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
सात करोड रुपैँयाको लागतमा बनेको अत्याधुनिक महिला तथा बालबालिका अस्थायी सुरक्षा बास भवन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् ।
उत्त भवन अमेरिकी सरकारका तर्फबाट अमेरिकी सरकारका तर्फबाट अमेरिकी जलसेनाका सर्जेन्ट केली मेलेभर र कमाण्डर वाल्टर सिब्लीले मन्त्री थापालाई सोही कार्यक्रमका अवसरमा हस्तान्तरण गरेका थिए । लगत्तै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सुरक्षा बास हस्तान्तरण गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाले हिँसाबाट प्रभावित भएका महिला बेचबिखानमा परेका बालबालिका लगायतको अल्पकालिन संरक्षणका लागि सुरक्षा बास प्रयोग गर्न आग्रह गरिन् ।
सुरक्षा बासमा भान्सा, शयन कक्ष, शौचालयसहित अत्याधुनिक १५ वटा कोठा छन् । जहाँ ३० जनालाई राख्न सकिने जनाईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।