संसदमा मैथिली भाषा

संसदमा मैथिली भाषा

विराटनगर : बिहीबारको संसद बैठकमा मैथिली भाषा प्रयोग गरिएको छ । संघिय समावादी फोरम संसदीय दलका नेता जयराम यादवले प्रदेशसभा बैठकमा मैथिली भाषाको प्रयोग गरेका हुन् ।

बिहीबार अन्तराष्ट्रिय मातृभाषा दिवस परेका कारण आफुले मातृभाषा बोल्न लागेको भन्दै उनले सभामुखसँग अनुमती मागेका थिए ।प्रदेशसभाको शुन्य समयमा बोल्दै नेता यादवले सरकारी बोलीचालीको भाषा नेपाली नै भएपनि विभिन्न जातजाती र सम्प्रदायको मातृभाषा जर्गेना भन्दै प्रदेशसभामा ध्यानाकर्षण गराए ।

प्रदेशसभामा बोल्दा प्रयोग गरिने भाषा नेपाली नै हुनुपर्ने भन्ने कुरा स्पष्टरुपमा उल्लेख नभएको र संघीय संसदमा समेत मातृभाषाको प्रयोग हुन थालेकाले अभ्यासकै क्रममा यादवले मैथिली बोलेका हुन् ।

यसअघि मोरङ क्षेत्र नम्बर ६ बाट प्रदेशसभा १ का सांसद चुमनारायण तबदारले प्रदेशसभामा थारु भषामा छोटो बोलेका थिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.